प्रोफेसनल स्क्वासमा दुई खेलाडी


काठमाडौं, (नेस) ।

प्रोफेसनल स्क्वास प्रतियोगितामा सहभागी हुन खेलाडी बिहीबार बंगलादेशको ढाका जाने भएका छन् । जुलाइ १८ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।

सरोज तामाङ र पासाङ भ्लोनले प्रतिस्पर्धा गर्ने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र नेपाल स्क्वास एन्ड ¥याकेट्स संघका अध्यक्ष ध्रुव गुरुङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।