धोबीघाटमा ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


काठमाडौं ।

ललितपुरको धोबीघाटमा सडक छेउमा रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा धादिङको धुनिबेसीका २० वर्षीय रितेश श्रेष्ठको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा पछाडि सवार धादिङकै २० वर्षीय समिर भुजेल घाइते भएका छन् र उनको उपचार भइरहेको छ।

बा ७५ प ८७० नम्बरको मोटरसाइकल बिग्रिएर सडक छेउमा रोकिएको बागमती प्रदेश ०३–००१ ख २०१५ नम्बरको ट्रकमा बिहीबार साँझ करिब ८ बजे ठोक्किएको थियो। घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।