असार ३० गते मंगलबार,यस्तो छ तपाईंको राशिफल


मेष : धन प्राप्ति, प्रतिष्ठा बढ्ने, काममा सफलता तर बेलुकीपख भने विवादमा फसिएला ।

वृष : तनाव, खर्च, मानसिक चञ्चलता हुन सक्छ तर बेलुकीपख भने मन प्रफुल्ला होला ।

मिथुन : व्यापारमा सफलता, उपहार प्राप्ति, धन लाभ होला तर बेलुकीपख भने सतर्क रहनुहोला ।

कर्कट : धन र समयको नोक्सानी, कार्यमा बाधा हुन सक्छ तर बेलुकीपख सुख–सन्तोष होला ।

सिंह : मिष्ठान्न भोजन, द्रव्य लाभ, परिवार–सुख भए पनि बेलुका तनाव बढ्ने सम्भावना छ ।

कन्या : दिन शुभ फलदायक छ । रोगव्याधि हरण, स्फूर्ति बढ्ने, इष्टमित्रसँग भेटघाट, धन लाभ होला ।

तुला : प्रतिष्ठामा आँच, राज्यबाट भय, असफलता भए पनि बेलुकीको समय सुखदायक हुनेछ ।

वृश्चिक : समय अनुकूल देखिँदैन । आँटेको काममा बाधा, खर्च, पढाइ–खेलकुदमा व्यवधान हुन सक्छ ।

धनु : कुनै समस्या भएमा सुल्झने, मान बढ्ने, लाभ हुने देखिन्छ । साँझतिर भने कष्ट होला ।

मकर : समय शुभ छ । परीक्षा, खेलकुद आदिमा विजय, इज्जत–प्रतिष्ठा बढ्ने, धन लाभ हुन सक्छ ।

कुम्भ : शुरुमा सन्ताप, पेटमा समस्या, कष्ट भए पनि साँझपख भने सबै कुरा ठीक हुने देखिन्छ ।

मीन : दिन शुभ देखिँदन । पारिवारिक झमेला, अस्वस्थता, दिनचर्या अस्तव्यस्त नहोला भन्न सकिँदेन ।