काठमाडौं।
मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विभिन्न स्वास्थ्य संस्था, विद्यालय तथा स्थानीय तहलाई व्हीलचेयर र स्वच्छ खानेपानीसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ।

बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी र स्थानीय तहमार्फत कुल २६ वटा व्हीलचेयर उपलब्ध गराएको जनाएको छ। यसअन्तर्गत सल्यान जिल्ला अस्पताललाई १० थान, सल्यानकै त्रिवेणी गाउँपालिका–स्थित त्रिवेणी स्वास्थ्य चौकीलाई तीन थान, मोरङको रंगेली अस्पताललाई १० थान तथा रुपन्देहीको ओमसतिया गाउँपालिका–१ वडा कार्यालयमार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकतामा रहेका व्यक्तिका लागि तीन थान व्हीलचेयर हस्तान्तरण गरिएको छ।

त्यसैगरी, मोरङको पथरी नगर अस्पताललाई चार थान तीन सिटे कुर्सी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई तीन वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यानस्थित श्री जनकल्याण आधारभूत विद्यालयलाई चार वटा वाटर प्युरिफायर प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशितालाई प्राथमिकतामा राख्दै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आइएको छ। आगामी दिनमा पनि समुदायको दिगो विकास र जनकल्याणमा योगदान पुर्याउने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बैंकले जनाएको छ।











प्रतिक्रिया