काठमाडौं ।
प्रहरीले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीबाट ३०० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रणका क्रममा शनिबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–३ का २७ वर्षीय मनीष श्रेष्ठ, सोही स्थानका २९ वर्षीय रोहित महर्जन तथा काठमाडौं महानगरपालिका–१६ का २० वर्षीय सम्भव बस्नेत रहेका छन्।
प्रहरीका अनुसार मनीष श्रेष्ठ यसअघि पनि लागुऔषध मुद्दामा पक्राउ परेका थिए। उनी २०८२ जेठ २६ गते उक्त मुद्दामा ७ महिना कैद भुक्तान गरी १ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
प्रहरीले उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन, प्रदेश–३–०२००८ प ५३७८ नम्बरको एउटा स्कुटर र तीन थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिएका छन्।











प्रतिक्रिया