नोस्कोभालाई विम्बल्डन उपाधि


लन्डन, (एजेन्सी)

चेक रिपब्लिककी लिन्डा नोस्कोभाले यस वर्षको विम्बल्डन टेनिसको उपाधि जितेकी छन् । महिला सिंगल्सको फाइनल खेलमा नोस्कोभाले चेक रिपब्लिककै आफ्नै साथी कारोलीना मुकोभालाई ६–२, ५–७, ६–३ ले हराएकी हुन् । योसँगैं विजेता नोस्कोभाले ३.६ मिलियन पाउन्ड पुरस्कार प्राप्त गरिन् ।

दोस्रो सेटमा ५–२ को अग्रता बनाए पनि लिन्डाले जित निकाल्न सकिनन् । यो सेटमा मुकोभाले लगातार ५ सर्भिस गेम जितेर नतिजा आफ्नो पक्षमा पारेकी थिइन् । तर, निर्णायक सेटमा भने नोस्कोभाले सहजै जित हासिल गर्दै उपाधि हात पार्न भएकी थिइन् ।

महिला सिंगल्सतर्फ विम्बल्डनमा विगतमा मार्तिना नाभ्रातिलोभा, पेट्रा क्वीटोभा, मार्केता भोन्डरुसोभा र बार्बोरा क्रेजिकोभाले जिति सके । मार्तिना पछि अमेरिकी नागरिकता लिएर उतैबाट खेलेकी थिइन् । क्वीटोभाले २०११ र २०१४ मा उपाधि जितेकी थिइन् भने भोन्डरुसोभा र क्रेजिकोभाले क्रमशः २०२३ र २०२४ मा उपाधि जितेका थिए ।