काठमाडौं ।
सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आत्मदाह प्रयास गरेपछि उनको अवस्था गम्भीर बनेको छ।
शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका उनलाई साँझ कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ।
अस्पतालका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग गहिरो रूपमा जलेको छ र अवस्था चिन्ताजनक रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया