बडीमालिकाको हिमपातमा सम्पर्क विहिन एककाे उद्धार एककाे खाेजी कार्य जारी

अप्रान्ह देखि माैुम खुला

0
Shares

बाजुरा ।

बडीमालिकामा हिमपातपछि फसेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बस्ने २१ वर्षका सागर कार्कीको उद्धार गरिएको हो ।

उनलाई त्रिवेणी पाटनकाे धर्मशालाबाट उद्दधार गरिएकाे बताईएकने छ। उक्त क्षेत्रमा हिमपात भएपछि त्रिवेणी धर्माशाला भित्र शुरक्षित बसेका थिए। उनकाे अवस्था सामान्य रहेकाे बताईएकाे छ । यस्तै, बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको खो”जी कार्यका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर त्यस क्षेत्रमा जाने भएको छ ।

बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा पुगेका दुई जना पर्यटक प्रतिकूल मौसमका कारण सम्पर्कविहीन भएका थिए । बडीमालिका भगवती मन्दिरको दर्शन तथा त्रिवेणी धाम र २२ पाटनको भ्रमणमा गएका उनीहरू भारी हिमपात र हावाहुरीका कारण उच्च हिमाली क्षेत्रमा अलपत्र परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा हुन्।

गत असोज ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो। उक्त टोलीमा रहेका पूर्वका तीन जना पर्यटक भने बडीमालिका पुगेर फर्किसकेको प्रहरीले जनाएको छ।

चार हजार दुई सय मिटर उचाइमा अवस्थित बडीमालिका भगवती मन्दिरको दर्शन गरेर फर्किने क्रममा मनिष बोहरा सम्पर्कविहीन भएका थिए। प्रहरी निरीक्षक शाहीका अनुसार सागरसँग बिहीबार फोन सम्पर्क हुँदा उनले बडीमालिकाबाट फर्किने क्रममा साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको जानकारी दिएका थिए।

“हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो,” सूचना अधिकारी शाहीले भने, “उहाँहरू त्यस क्षेत्रमा भारी हिमपातका कारण अलपत्र पर्नुभएको हाे।

प्रहरीका अनुसार मनिष हिमपातपछि हराएका हुन् भने सागर भारी हिउँ परेका कारण तल झर्न नसकी त्रिवेणी पाटन क्षेत्रमा अलपत्र परेका हुन् ।

जिल्लामा शुक्रबारदेखि वर्षासँगै बडीमालिका तथा उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। गएरातिदेखि हावाहुरीसहित हिमपात भएपछि उद्धार कार्य थप चुनौतीपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरी टोली परिचालन गरी उद्धारको तयारी भइरहेको भए पनि प्रतिकूल मौसम र हिमपातका कारण सनिवार दिउसाे सम्म पनि उद्धारमा कठिनाइ भएकाे थियाे दिउसाे अाकास खुलेपछि नेपाली सेनाकाे हेलिकप्टर उद्दधारका लागि बडिमालिका उडेकाे हाे।

विशेषगरी बडीमालिका क्षेत्रामा जनैपूर्णीमा पछि त्यस क्षेत्रवाट गाई भैंसी, घाेडाभेडी गाेठालाहरू तल अवल तिर झर्ने त्यहाँ स्थानीयकाे आवागमन सुन्यप्राय हुन्छ। साे क्षेत्रमा फाट्टफुट्ट चाेरी सिकारी गर्नेबाहेक ब्यवासयिक हाेटेल पसल पनि नहुँदा पर्यटकलाई ओत लाग्न कठिनाई हुन्छ ।

पछिल्लाे समयमा बडीमालिकाकाे महिमा बढेसंगै बाह्रैमास यात्रा गर्न चुनाैति पनि थपिएकाे छ । पर्यटककाे सुरक्षित आवागमनका लागि फुलचढाउना, घाेडापाटन, त्रिवेणी पाटन र उता विष्नुपानी क्षेत्रमा स्थायी रूपमा हाेटेल ब्यवसाय सञ्चालन गर्नुपर्ने सुझाव वडिमालिका नपा ८ का स्थानीय युवा बीरवहादुर थापाकाे सुझाव छ ।

बडीमालिका क्षेत्रमा पर्यटक सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह, नेपाली सेना र सशस्त्र प्रहरी बलबीच तत्काल समन्वय आवश्यक देखिएको छ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपात भइरहेका बेला पैदल उद्धार टोली परिचालन गर्दा उद्धारकर्मीसमेत जोखिममा पर्न सक्ने भएकाले मौसमको अवस्था र सम्भावित स्थानको जानकारीका आधारमा खोजी गर्नुपर्ने देखिन्छ।

सम्भावित उद्धारका लागि:
पर्यटकले अन्तिम पटक सम्पर्क गरेको स्थान, समय र मोबाइलको अवस्थाका आधारमा सम्भावित क्षेत्र पहिचान गर्नुपर्ने देखिएकाे छ ।

मौसम अनुकूल भए नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली परिचालन गर्ने।

सम्भव भए हेलिकोप्टरमार्फत हवाई खोजी तथा उद्धारको विकल्पबारे सम्बन्धित निकायसँग समन्वय गर्ने।

उद्धार टोलीले न्यानो कपडा, खाद्य सामग्री, प्राथमिक उपचार र सञ्चार उपकरणसहित परिचालन हुने व्यवस्था मिलाउने
उच्च हिमाली क्षेत्रमा मौसम अझै प्रतिकूल रहेकाले सम्पर्कविहीन पर्यटकको अवस्था र उनीहरू रहेको सम्भावित स्थान पहिचान गरी तत्काल खोजी तथा उद्धार गर्नुपर्ने देखिएको छ।