कंगना रनोट अभिनित फिल्म क्वीन २ रिलिजअघि नै कानुनी विवादमा परेको छ। मूल फिल्म क्वीनको ५० प्रतिशत अधिकार रहेको फ्रयान्टम स्टुडियोजले आफनोअनुमति नलिई दोस्रो भाग निर्माण गरिएको आरोप लगाउदै जियो स्टारविरुद्ध २ सय ५० करोड भारतीय रुपिया क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार फ्रयान्टम स्टुडियोजले बम्बई उच्च अदालतमा दायर गरेको मुद्दामा क्वीनको ५० प्रतिशत अधिकार आफूस“ग रहेको र त्यसअन्तर्गत दोस्रो भाग, रूपान्तरण वा त्यसमा आधारित अन्य कृति निर्माणका लागि आफनो सहमति अनिवार्य हुने दाबी गरेको छ। कम्पनीले हालसम्म क्वीन २ निर्माणका लागि कुनै अनुमति नदिएको जनाएको छ।
भारतीय सञ्चार माध्मयले जनाएअनुसार फ्रयान्टम स्टुडियोजले अदालत जानुअघि जियो स्टारस“ग पटक–पटक छलफलमार्फत विवाद समाधान गर्ने प्रयास गरेको थियो। तर आप्mना अनुरोधको कुनै जवाफ नआएपछि कानुनी प्रक्रिया अघि बढाइएको समाचारमा जनाइएको छ। यसबीच, क्वीन २ को छाया“कन भने यसै वर्षको सुरुआतमै सुरु भएर सम्पन्न भइसकेको छ। अहिले फिल्म सम्पादन तथा अन्य प्राविधिक काम भइरहेको जनाइएको छ।
प्mयान्टम स्टुडियोजको स्थापना
निर्देशक विकास बहल, अनुराग कश्यप, विक्रमादित्य मोटवानी र मधु मन्टेनाले गरेका थिए। मीटु अभियानपश्चात विकास बहलस“ग सम्बन्धित विवादका कारण संस्थापकबीच मतभेद बढेपछि सन् २०१९ मा कम्पनी बन्द भएको थियो। सन् २०२१ मा पुनः सञ्चालनमा आएको कम्पनीमा रिलायन्स इन्डस्ट्रिजले पनि हिस्सेदारी खरिद गरेको थियो।
प्mयान्टम स्टुडियोजले यसअघि क्वीन, ह“सी तो फसी, अग्ली, हन्टर, बम्बे भेलभेट, मसान, शानदार, उड्ता पञ्जाब, मनमर्जिया“, सुपर ३० लगायत चर्चित फिल्म निर्माण गरिसकेको छ











प्रतिक्रिया