कंग्रेस नेताद्वय शेखर कोइराला र विमलेन्द्र निधिबीच भेटवार्ता


काठमाडौँ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ ।

शनिबार बानेश्वरस्थित निधि निवासमा भएको भेटमा पार्टीको पछिल्लो राजनीतिक अवस्था र मुलुकको समसामयिक विषयमा करिब एक घण्टा छलफल भएको हो ।

निधि सचिवालयका अनुसार दुई नेताबीच कांग्रेसभित्र विकसित राजनीतिक परिस्थिति, संगठनात्मक विषय तथा समसामयिक राष्ट्रिय राजनीतिबारे विचारविमर्श भएको थियो ।

कांग्रेसभित्र नेतृत्व तहमा छलफल र भेटघाटको क्रम चलिरहेका बेला यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।