नेपाली गीत–संगीतमा पाँच दशकभन्दा बढी समयदेखि निरन्तर योगदान पु¥याउदै आएका ख्यातिप्राप्त संगीतकार शम्भुजीत बाँसकोटालाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२ प्रदान गरिएको छ।
राजधानीमा हालै आयोजित १३औँ म्युजिकखबर म्युजिक अवार्ड समारोहमा उनलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले दोसल्ला ओढाएर सम्मानपत्र तथा ५१ हजार रुपैयाँ सहित सम्मान गरेका हुन्। बाँसकोटाको सम्मानमा गायिका टीका प्रसाईंले विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन्।
म्युजिक खबरको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा सम्पन्न समारोहमा पूर्वउपराष्ट्रपति झाले गीतकार उन्नति शीला बोहरालाई शब्द शीला विशिष्ट सम्मान, गीतकार विजय शिवाकोटीलाई रजत संगीत सम्मान, लोकप्रिय गायक शिव परियार र गायिका कालिका रोका मगरलाई दशक संगीत सम्मान, गायक, संगीतकार तथा गीतकार डा. रणजितकुमार झालाई संगीतकर्मी सम्मान, गीतकार पुरुषोत्तम सानु र सुशीला पौडेललाई युवा संगीत सम्मान, पुष्पा खनाललाई डायस्पोरा संगीत सम्मान, वरिष्ठ टेलिभिजन पत्रकार, छायाकार एवं भिडियो सम्पादक उदयराज शर्मालाई सञ्चारकर्मी सम्मान, पत्रकारद्वय कुवेर गिरी र गोपीकृष्ण चापागाईंलाई जनही ५ हजार ५ सय ५५ रुपैया“सहित संगीत पत्रकारिता सम्मान, बालकलाकार युनिश घिमिरेलाई बालप्रतिभा सम्मान र गायिका नीता आचार्यलाई डायस्पोरा गायन सम्मान प्रदान गरे।
समारोहमा गीत–संगीतका ३३ विधामा म्युजिक खबर म्युजिक अवार्ड पनि वितरण गरियो। सुगम संगीततर्फ हृदयमा बोलको गीतबाट प्रवीण बेडवाल सर्वोत्कृष्ट गायक तथा गुन भुल्यौबाट सारिका घिमिरेले सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमे। त्यसैगरी डम्बर याक्सो गीतकार, शंकर थापा स्माइल संगीतकार, सरला श्रेष्ठ महिला गीतकार, मनोज खड्का डायस्पोरा गीतकार, नरेन्द्र वियोगी संगीत संयोजन, सुरेश कोहली र झरना रिसाल मोडल, अजय रेग्मी छायाकार, पदम सुवेदी सम्पादक, राहुल शाह निर्देशक र नरेश बीबीसी ध्वनि सम्पादक विधाको विजेता भए। युगल गायनतर्फ कर्णराज गिरी र कमला रेग्मी, सुरेन्द्र खड्का राष्ट्रिय भावको गीत, धनवीर थापा मगर पप गीतकार, अर्जुन पोखरेल पप संगीतकार, रविन श्रेष्ठ पप गायक र आश्रा कुवर पप गायिका,फिल्मी संगीततर्फ सुरज पण्डित र झुमा लिम्बू पाश्र्व गायक–गायिका, थानेश्वर गौतम संगीतकार र युवराज काप्mले गीतकार, लोकदोहोरीतर्फ अर्जुन सापकोटा गायक, लक्ष्मी आचार्य गायिका, नवीन परियार लोकदोहोरी भाका, प्रसाद लामिछाने लोकदोहोरी शब्द, अभिनेता पल शाह र नारायणी खत्री लोकदोहारी मोडल, दीप गुरुङ म्युजिक भिडियो निर्देशक, मनोहर शर्मा र रेखा पोख्रेल लोकदोहोरी नवप्रतिभा, सुशीला गौतम कल्चरल गीत गायिका विधाको विजेता बने।
जुरी अवार्डतर्पm कल्याण श्रेष्ठ गीतकार, पारसमणि बराल राष्ट्रिय भाव गीतकार, केशव भट्टराई आधुनिक गीतकार, छिरिङ भुटिया गायक र बीबी अनुरागी संगीतकार, क्रिटिक्स अवार्डतर्पm सुनिल उप्रेती पप गायनको अवार्ड विजेता भए। मञ्जु पौडेल र निराजन भण्डारीद्वारा सञ्चालित समारोहमा पल शाह र नारायणी खत्रीले नृत्य प्रस्तुति दिएका थिए भने टीका प्रसाईंलगायतले सांगीतिक प्रस्तुति दिएका थिए।











प्रतिक्रिया