उपलब्धि संस्थागत गर्न संविधान संशोधन आवश्यक : अध्यक्ष दाहाल


काठमाडौं ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछाडि फर्किने नभई लोकतान्त्रिक व्यवस्थालाई थप परिपक्व, स्थिर र उत्तरदायी बनाउने उद्देश्यका साथ हुनुपर्ने बताउनुभएको छ।

मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उहाँले संविधानलाई समय, समाज र जनआकाङ्क्षाअनुसार परिमार्जन गर्नुपर्ने जीवित दस्तावेज भएको उल्लेख गर्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र बहुदलीय लोकतन्त्रजस्ता राष्ट्रिय उपलब्धिलाई थप संस्थागत गर्ने दिशामा संशोधन प्रक्रिया अघि बढ्नुपर्नेमा जोड दिनुभयो।