देविका बन्दनालाई रजत सम्मान


पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजना तथा ईरा प्रोडक्सनको व्यवस्थापनमा राजधानीमा राष्ट्रिय समावेशी म्युजिक अवार्ड (नीम अवार्ड) २०२६ सम्पन्न भएको छ। कार्यक्रममा ३० विधामा अवार्ड प्रदान गरिएको छ।


ख्यातिप्रँप्त गायिका देविका बन्दनालाई रजत साधना सम्मान २०८२ बाट सम्मानित गरिएको कार्यक्रममा गीतकार सुरेश घिमिरेलाई विशिष्ट गीतकार सम्मान २०८२, डा. रणजित कुमार झालाई पिम नेपाल गायन सम्मान २०८२ शिखर जंगम श्रेष्ठलाई संगीत पत्रकारिता पुरस्कार २०८२, कृष्णदेव रुपाखेतीलाई दिग्दर्शन साधना सम्मान २०८२, महेशराज थापालाई सामाजिक व्यक्तित्व सम्मान २०८२, विनोद देवकोटालाई पत्रकारिता सम्मान २०८२, सालिकराम दुलाललाई कला सम्मान २०८२, दीपा थापालाई पिम नेपाल शिक्षा सम्मान २०८२, सचिन भट्टराईलाई युवा कलाकारिता सम्मान २०८२ र सुनिता कु“वरलाई पिम नेपाल कला सम्मान २०८२ बाट सम्मानित गरिएको छ।
कार्यक्रममा सुगम संगीततर्फ आमाबाट डा. रुद्रनाथ अधिकारी र माटाको सुगन्धबाट गीता अधिकारी गीतकार, बेहालबाट शंकर थापा स्माइल संगीतकार, गारो लाउनबाट इन्द्र आरपी गायक तथा कलियुगकी राधाबाट बबिता मानन्धरलाई गायिकको अवार्ड दिइयो।

मौलिक÷भाषाभाषी गीततर्फ जानमायाबाट निर्मला घिसिङ, डेउडा भाकातर्फ मेरी पुट्क्यौलीबाट महादेव भट्ट, नेपाल भाषातर्फ वनेनु रेबाट मचाकाजी महर्जन, झिगु नगदेबाट गुजय मालाकार र कागती पाउ“से च्वङबाट राजकुमार मानन्धर, मैथिली÷भोजपुरीतर्फ कैले बद्नाम पगलीबाट रहमान खान, म्युजिक भिडियोतर्फ ओ प्रियसीबाट राहुल शाह निर्देशक, चाहिदैन सम्पत्तिबाट रुपेश थापा छायाकार, बानीबाट आर्यन सिग्देल र परदेशबाट सृष्टि खड्का मोडल, वारी बर पारी पिपलुबाट शम्भु पुरी फेसन डिजाइनर, पुतलीबाट राजेन्द्र बजागार्इं, दर्याम दर्यामबाट सुष्मा शाही ठकुरी, राधिकाबाट भोलानाथ पाठक, सपना देखाई कोहीबाट राम भण्डारी, सप्तरंगी फूलबाट मनमाया पंगेनी, दूरदेखि आए“ प्रियबाट पूजा ठकुरी, दिल आप्mनै थियोबाट प्रज्वलराज भट्ट र एकै पल पनिबाट सपना क्षेत्रीले पपुलर र जुरीतर्फका अवार्ड प्राप्त गरे।