बागमती नदीमा डुबेर दुई बालकको मृत्यु

1.32k
Shares

रौतहट ।

रौतहटको गढीमाई नगरपालिका–१ स्थित बागमती नदीको समनपुर–हरैया घाटमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ। प्रहरीका अनुसार गढीमाई नगरपालिका–१ निवासी ८ वर्षीय अनिकेश यादव र अर्का ८ वर्षीय आदित्य यादवको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक मुना पासवानको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो। तराईको अत्यधिक गर्मी छल्न बालबालिकाहरू नदीमा नुहाउने क्रममा गहिराई मापन नहुँदा उनीहरूको अकालमै मृत्यु भएको हो ।