काठमाडौं ।
फिफा विश्वकप २०२६ को नकआउट चरण आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकाको सामना गर्नेछ।
दुवै टोलीले पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउँदै इतिहास रचेका छन्। नेपाली समयअनुसार खेल सोमबार बिहान १२:४५ बजे हुनेछ।
विजेता टोलीले अन्तिम १६ प्रवेशका लागि नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग खेल्नेछ।

राउण्ड अफ ३२ को समीकरण
नकआउट चरणमा सुरुमा राउण्ड अफ ३२ का खेलहरु हुनेछन् । जसमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् भने पराजित हुने टोली बाहिरिनेछ । नकआउट चरणमा पराजित टोली बाहिरिने हुँदा हरेक खेल फाइनल जस्तै हुनेछ ।
राउण्ड अफ ३२
असार १५ गते (जुन २९)
दक्षिण अफ्रिका भर्सेस क्यानडा, विहान १२:४५ बजे
ब्राजिल भर्सेस जापान, राति २२:४५ बजे
असार १६ गते (जून ३०)
जर्मनी भर्सेस पाराग्वे, विहान २:१५ बजे
नेदरल्यान्ड्स भर्सेस मोरक्को, विहान ६:४५ बजे
आइभरी कोस्ट भर्सेस नर्वे, राती २२:४५ बजे
असार १७ गते (जुलाई १)
फ्रान्स भर्सेस स्वीडेन, विहान २:४५ बजे
मेक्सिको भर्सेस इक्वेडर, विहान ६:४५ बजे
इंग्ल्यान्ड भर्सेस डीआर कंगो, राती २१:४५ बजे
असार १८ गते (जुलाई २)
बेल्जिया भसेस सेनेगेल, विहान १:४५ बजे
अमेरिका भर्सेस बोस्निया एण्ड अर्जगोभिना, विहान ५:४५ बजे
असार १९ गते (जुलाई ३)
स्पेन भर्सेस अस्ट्रिया, विहान १२:४५ बजे
पोर्चुगल भर्सेस क्रोएसिया, विहान ४:४५ बजे
स्वीट्जरल्यान्ड भर्सस अल्जेरिया, विहान ८:४५ बजे
अस्ट्रेलिया भर्सेस इजिप्ट, राती ११:४५ बजे
असार २० गते (जुलाई ४)
अर्जेन्टिना भर्सेस केप भर्डे, विहान ३:४५ बजे
कोलम्बिया भर्सेस घाना, विहान ७:१५ बजे











प्रतिक्रिया