रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ

0
Shares

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज साँझ सम्पन्न हुने भएको छ।

पार्टीको निर्वाचन समितिका अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्न आज साँझ ६ः३० बजे महाधिवेशनस्थलकै सभाहलमा शपथग्रहण समारोह आयोजना गरिनेछ।

महाधिवेशनमार्फत निर्वाचित सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूले शपथ लिएसँगै नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ। शपथग्रहणपछि महाधिवेशन समापनको औपचारिक कार्यक्रम पनि हुने जनाइएको छ।