रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध, विराजभक्त श्रेष्ठले फिर्ता लिए उम्मेदवार


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन्। उपसभापति पदका लागि दाबेदारी प्रस्तुत गरेका विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि डा. वाग्ले निर्विरोध चयन भएका हुन्। यसअघि नै पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्।

पार्टीको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तर्गत अब अन्य पदाधिकारीहरूको चयन प्रक्रिया पनि अघि बढिरहेको छ। रास्वपामा केन्द्रीय सदस्यहरूको मतगणना सकिएसँगै पदाधिकारी चयनको प्रक्रिया तीव्र बनेको छ। उपसभापतिमा वाग्लेको निर्विरोध चयनसँगै पार्टीको नयाँ नेतृत्वको चित्र क्रमशः स्पष्ट हुँदै गएको छ।