खगेन्द्र सुनार रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित


चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा खगेन्द्र सुनार निर्वाचित भएका छन्। पार्टीको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा उनले आवश्यक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका हुन्।

चितवनमा जारी महाधिवेशनमा विद्युतीय मतदानमार्फत भएको निर्वाचनको मतगणनापछि सुनार निर्वाचित भएको घोषणा गरिएको हो। निर्वाचित भएपछि उनले पार्टीलाई अझ सशक्त, समावेशी र जनमुखी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।