कर्णालीबाट सीता वादी सर्वाधिक मतसहित निर्वाचित, प्रादेशिक सदस्यको मतपरिणाम सार्वजनिक

1.88k
Shares

चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको निर्वाचनअन्तर्गत प्रादेशिक कोटातर्फको मतपरिणाम सार्वजनिक गरिएको छ।

सार्वजनिक मतपरिणामअनुसार कर्णाली प्रदेशबाट सीता वादीले सर्वाधिक १ हजार ४५१ मत प्राप्त गरेकी छन्। उनी हाल महिला तथा बालबालिका मन्त्रीसमेत हुन्।

यस्तै, टासी ल्हाजोमले १ हजार १३५ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेकी छन्। विनिता कठायतले १ हजार ५०० मत प्राप्त गरेकी छन्।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदानमार्फत निर्वाचन सम्पन्न भएको हो। निर्वाचन आयोगले क्रमशः विभिन्न प्रदेशको मतपरिणाम सार्वजनिक गरिरहेको छ।