काेशीमा बढी मत निशा मेहतालाई


चितवन।

रास्वपाको केन्द्रीय सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशतर्फको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार कोशी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै स्वास्थ्य मन्त्री निशा मेहता निर्वाचित भएकी छन्।

साविक केन्द्रीय सदस्यसमेत रहेकी मेहताले १ हजार ८६१ मत प्राप्त गरिन्। त्यसैगरी विश्वराज पोखरेलले १ हजार ४६० मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका छन् भने शोभा कार्कीले १ हजार २०४ मत प्राप्त गरेकी छन्।

कोशी प्रदेशतर्फको केन्द्रीय सदस्य पदका लागि २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत जारी निर्वाचनको मतगणना क्रमशः सार्वजनिक भइरहेको छ।