चितवन।
चितवन–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरि ढकाल २२१९ मत प्राप्त गर्दै पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको केन्द्रीय सदस्य निर्वाचनमा ढकालले २२१९ मत प्राप्त गर्दै केन्द्रीय समितिमा स्थान सुरक्षित गरेका हुन्। रास्वपाको महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ।
ढकाल चितवन–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेता हुन्। उनी यसअघि पनि रास्वपाको केन्द्रीय समितिमा आबद्ध रहँदै आएका थिए।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय समिति चयनका लागि विद्युतीय माध्यमबाट मतदान गरिएको थियो भने मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ।











प्रतिक्रिया