चितवनकी सांसद सोविता गौतम २५९४ मत ल्याएर रास्वपा केन्द्रिय सदस्यमा निर्वाचित

1.6k
Shares

चितवन।

चितवनबाट प्रतिनिधिसभा सदस्य रहेकी सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। पार्टीको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा उनले २ हजार ५९४ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन्।

चितवनकी लोकप्रिय युवा नेतृ गौतमले प्राप्त गरेको मत पार्टीभित्र उनको बलियो उपस्थितिको संकेतका रूपमा हेरिएको छ। रास्वपाको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेकामा हालसम्म सार्वजनिक नतिजाअनुसार गौतम केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

चितवनबाट निर्वाचित सांसदसमेत रहेकी गौतम रास्वपाको संगठन विस्तार तथा संसदीय भूमिकामा सक्रिय रहँदै आएकी छन्। पार्टीको पहिलो महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भएपछि उनको जिम्मेवारी थप बढ्ने अपेक्षा गरिएको छ।