झापा।
झापामा नवजात शिशु कर्तव्य ज्यान र हाडनाता करणी सम्बन्धी जघन्य अपराधमा संलग्न एक प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यहीअसार ३ गते इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा रहेको एक होटलबाट आरोपितलाई पक्राउ गरिएको हो। उनी आफ्नै नाबालिका छोरीसँग बसिरहेको अवस्थामा फेला परेका थिए।
यसअघि गत वैशाख २ गते झिलझिले क्षेत्रमा नवजात शिशु गाडिएको अवस्थामा शव फेला परेपछि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा पीडितमाथि आफ्नै बुबाबाट करणी भएको र त्यसपछि शिशु जन्मिएर हत्या गरी गाडिएको खुल्न आएको बताइएको छ।
प्रहरीका अनुसार घटनापछि फरार रहेका प्रतिवादी विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए। प्राविधिक अनुसन्धान र विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरिएको हो।
हाल आरोपितलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। पीडित बालिकालाई आफन्त नेपाल काँकरभिट्टामा संरक्षणमा राखिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया