काठमाडौं ।
भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा बुधबार साँझ एक मिनेटभित्र ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका छन्। भूकम्पका कारण विभिन्न स्थानमा भवनहरू भत्किएका छन् भने हजारौँ मानिस प्रभावित भएको आशंका गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) ले ठूलो मानवीय तथा आर्थिक क्षति हुन सक्ने भन्दै ‘रेड अलर्ट’ जारी गरेको छ। सरकारले देशभर संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्य तीव्र बनाएको छ।
राजधानी काराकाससहित विभिन्न क्षेत्रमा संरचनामा क्षति पुगेको छ भने विद्युत्, दूरसञ्चार र यातायात सेवा प्रभावित भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पमा मानवीय क्षति भएको पुष्टि गरेकी छन्, तर मृतक तथा घाइतेको यकिन विवरण सार्वजनिक गरिएको छैन।











प्रतिक्रिया