काठमाडौँ।
विशेष अदालतले सम्पति शुद्धीकरणको मुद्धामा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सम्पति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा सोमबार सुर्खेतबाट पक्राउ गरी आज विहान काठमाडौं ल्याइएका पौडेललाई विभागले विशेष अदालतमा पेश गरेकोमा अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
विभागले पौडेलसंग प्रारम्भिक बयान लिएर उनलाई अदालतमा पेश गरेको थियो । विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
पौडेलको विचौलिया दीपक भट्टसँग शंकास्पद आर्थिक कारोबार देखिएको बुझिएको छ । भट्टको इन्फिनिटी होल्डिङ्ससंग जोडिएका कारोबारमा पनि पौडेल जोडिएको बताइएको छ ।











प्रतिक्रिया