रास्वपा महाधिवेशनको बन्दसत्र सुरु


काठमाडौँ।

रास्वपाको जारी महाधिवेशनमा बन्द सत्र सुरु भएको छ। सभापति रवि लामिछाने हलमा प्रवेश गरेसँगै बन्दसत्र सुरु भएको हो। बन्द सत्रलाई सभापति लामिछानेले सम्बोधन गरे ।

हिजो बिहान सुरु गर्ने भनिए पनि महाधिवेशन प्रतिनिधि संख्याबारे निर्णय हुन नसकेपछि ढिलाइ भएको थियो ।

बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यस्तै अनुशासन आयोग र पार्टीको वित्तीय प्रतिवेदनसमेत पेश हुनेछ। बन्दसत्र सकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने जनाइएको छ।