मुगु।
मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ४ लिब्रुमा विपद् तथा आपत्कालीन अवस्थाका बेला नागरिकलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले आपत्कालीन आवासीय भवन निर्माण गरिएको छ।
सोरु गाउँपालिकाको पहल तथा सहरी बिकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको उक्त भवन प्राकृतिक विपद्, आगलागी, बाढीपहिरो लगायतका आपत्कालीन परिस्थितिमा प्रभावित परिवारलाई अस्थायी रूपमा सुरक्षित आवास प्रदान गर्न उपयोगी हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले भवन निर्माणसँगै विपद्का समयमा सुरक्षित बसोबासको व्यवस्था भएको भन्दै खुसी व्यक्त गरेका छन्।
गाउँपालिकाले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नागरिकको सुरक्षा र राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो पूर्वाधार निर्माण गरिएको र आपत्कालीन अवस्थाका बेला नागरिकलाई तत्काल सुरक्षित आश्रय उपलब्ध गराउन भवन निर्माण गरिएको वडा न ४ लिब्रु गाउँका काबा वडा अध्यक्ष जनक बहादुर शाहीले बताए।
स्थानीय तहको यस पहलले विपद् जोखिम न्यूनीकरण तथा समुदायको सुरक्षा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।











प्रतिक्रिया