नेपाली कला–संस्कृति, संगीत र फिल्म क्षेत्रमा दशकौदेखि पु¥याएको अतुलनीय योगदानको कदर गर्दै ख्यातिप्रँप्त अभिनेता मदनकृष्ण श्रेष्ठलाई राष्ट्रिय चलचित्र पुरस्कार २०८३ अन्तर्गत दीर्घ साधना सम्मान प्रदान गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई ३ लाख ७५ हजार रुपिया“ नगदसहित सम्मान प्रदान गरेका हुन्। अभिनेता श्रेष्ठलाई सम्मान गरि“दा सहभागीहरुले स्वतःस्फूर्तमा रूपमा उठेर लामो समयसम्म ताली बजाएर उनीप्रति सम्मान भाव प्रकट गरेका थिए।
राष्ट्रपति पौडेलले फिल्मकर्मीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान गरे। कार्यक्रममा यस वर्ष उत्कृष्ट फिल्मको पुरस्कार ऊनको स्वीटर नामकको फिल्मले प्राप्त ग¥यो। सोही फिल्मका लागि नवीन चौहान निर्देशक तथा मिरुना मगर अभिनेत्री घोषित भइन्। उत्कृष्ट अभिनेता भने परानबाट नीर शाह बने। सोही फिल्मबाट दीपकप्रसाद आचार्य र यम थापालाई लेखनतर्फ पुरस्कृत गरियो। कोशेढुंगाबाट बाबु श्रेष्ठ छायांकन र नहकुल खड्काले सम्पादनको अवार्ड उचाले।
नेपाल भाषाको फिल्म इन्दिरा धिमे मैचा उत्कृष्ट आदिवासी फिल्म घोषित भयो। यी विधाका विजेताहरूलाई जनही २५ हजार रुपिया“ नगद प्रदान गरिएको थियो।
कार्यक्रममा आना शर्मा र विमोचन दवाडीलाई जुरी प्रोत्साहन पुरस्कार प्रदान गरियो। नाक्छोङलाई विशेष फिल्म पुरस्कार प्रदान गरिएको समारोहमा फिल्म प्रदर्शक विष्णुगोपाल श्रेष्ठ, अभिनेत्रीहरू मेनुका प्रधान, एन्जिला सुब्बा र लक्ष्मी बर्देवा, निर्माता तथा प्रदर्शक डा. सिंह गुरुङ, निर्माता बिनोद सेरचन, निर्देशक अभिनाश विक्रम शाह, अभिनेता रोहित रुम्बा, पत्रकार प्रकाश सुवेदी र प्रोडक्सन म्यानेजर शंकर पाण्डेलाई सम्मान गरिएको थियो। त्यसै गरी चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष स्व. दिनेश सिटौलालाई ५० हजार रुपिया“ नगदसहित मरणोपरान्त सम्मान गरिएको थियो। समारोहमा कलाकारद्वय देविका बन्दना र नरहरि प्रेमीले सांगीतिक प्रस्तुति दिएका थिए।











प्रतिक्रिया