राजधानीमा सम्पन्न विवाहित महिलाहरूको भव्य सौन्दर्य प्रतियोगिता द मिसेस नेशनल–सिजन ४ को उपाधि पूजा साहले चुमेकी छन्। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ग्रयान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै साहले मुख्य उपाधि आप्mनो नाममा गरेकी हुन्।
क्रिजोना मिडिया प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा लक्ष्मी बोहोरा द मिसेस नेशनल प्लेटिना तथा अप्सरा सुवेदी द मिसेस नेशनल क्लासिकको उपाधि विजेता बने। त्यसैगरी जानकी देवी भ्यूअर्स च्वाइस अवार्ड र निरु हाङ्सारुम्बा लिम्बू मोस्ट पपुलर अवार्डबाट सम्मानित भए।
प्रतियोगितामा विभिन्न विशेष उपाधिसमेत प्रदान गरिएको थियो। सुष्मा केसी मोस्ट कन्फिडेन्ट, पवित्रा फुया“ल मोस्ट इन्स्पिरेसनल, शान्ति शाही मोस्ट करेजियस तथा श्रद्धा श्रेष्ठ बोहोरा मोस्ट क्रिएटिभ घोषित भए। त्यस्तै किसु सुनारले बेस्ट पर्सनालिटी, भवानी जिरेलले मोस्ट फ्रेन्ड्ली र बिना लिम्बूले मोस्ट ट्यालेन्टेड एन्ड बेस्ट वाक उपाधि प्राप्त गरे।
अन्य विशेष अवार्डतर्फ नीतु मिश्र मोस्ट इन्करेजिङ, अप्सरा सुवेदी मोस्ट फोटोजेनिक, निरु हाङ्सारुम्बा लिम्बू बेस्ट पब्लिक स्पिकर, जानकी देवी मोस्ट एलिगेन्ट, पूजा साह मोस्ट डिसिप्लिन्ड, लक्ष्मी पाख्रिन मोस्ट ग्रेसफुल र लक्ष्मी बोहोरा बेस्ट फिगर अवार्डबाट सम्मानित भए।
प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता रवि डंगोल, सामाजिक अभियन्ता नानु सिंह र उद्यमी तथा नेपाल एसोसिएसन अफ टुर अपरेटर्सका निर्देशक विश्वेश श्रेष्ठ रहेका थिए। प्रतियोगिताका आयोजक, कोरियोग्राफर तथा प्रस्तोता लभिन अन्सारीका अनुसार प्रतियोगिताले विवाहित महिलाहरूलाई आफ्नो क्षमता, प्रतिभा र व्यक्तित्व प्रदर्शन गर्ने प्रभावकारी मञ्च प्रदान गर्दै समाजमा थप सक्रिय, आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखेको छ।
विवाहित महिलाहरूको प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता तथा व्यक्तित्व विकासलाई प्रोत्साहन गर्ने लक्ष्यसहित हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको आयोजकले जनाएका छन्। यस वर्षको संस्करणले पनि विभिन्न पृष्ठभूमिका महिलालाई एउटै मञ्चमा उभ्याएर उनीहरूको क्षमता र सम्भावनालाई उजागर गरेको थियो।











प्रतिक्रिया