काठमाडौँ।
फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका खेलमा इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
लस एन्जलसमा आइतबार राति भएकाे खेलको २४ औँ मिनेटमा इरानका मेहदी तोरेबीले बललाई जाली चुमाए पनि भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता नपाएकाे हाे। त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि इरानी गोलरक्षक अलिरेजा बेरानभान्दले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाएका थिए । बेल्जियमका नाथान एनगोये रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका हुन् ।
त्यस्तै ,आइतबार राति नै भएको अर्को खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० को जित दर्ता गरेको छ । जारी विश्वकपमा यो स्पेनको पहिलो जित हो । पहिलो खेलमा केब भार्डेसँग बराबरी खेलेको स्पेनले यस जितसँगै चार अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
साथै विश्वकप फुटबलमा साेमबार बिहान पौने ७ बजे क्यानाडाको भ्यानकुभरको बहुउद्देश्यीय रङ्गशालामा न्यूजिल्यान्ड र इजिप्टबीच प्रतिस्पर्धा हुने भएकाे हाे । दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा हुने भएका छन् ।











प्रतिक्रिया