काठमाडौं, (नेस) ।
सूर्य नेपाल गल्फ टुर २०२५–२ सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुबाश तामाङले जितेका छन् । प्ले–अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराउँदै उनी च्याम्पियन भएका हुन् । उनले उपाधिसँगै ३ लाख २० हजार नगद पुरस्कार जिते ।
सुबाश, भुवन र सदभाव तीनै जनाले ७२ होलको खेल समग्रमा १८ अन्डर २ सय ७० मा सकाए । यो सँगै खेलको निर्णय प्ले–अफबाट भयो । प्ले–अफमा सुबाशले पार खेल्दा भुवन र सदभावले पार पट मिस गरे । भुवनले दोस्रो भएर नगद २ लाख ६ हजार पाए । सदभावले दिनकै उत्कृष्ट ६ अन्डर ६६ को स्कोर कार्ड तयार पारेपनि उपाधिको लागि पर्याप्त हुन सकेन ।
प्रोफेसनल जित्न नसकेपनि एमेच्योरमा भने उनी पहिलो भए ।सूर्य नेपाल गल्फ टुर २०२५–२६ को आठवटा प्रतियोगिता सकिएसँगै आगामी सिजन भुवन नगरकोटी नम्बर एक खेलाडी हुने भएका छन् । उनले यो सिजन कुल १० लाख ३३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । यो क्रममा उनले ४ उपाधि जितेका छन् ।











प्रतिक्रिया