काठमाडौं ।
लगातार दोस्रो हार बेहोर्दै टर्कीए फिफा विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ। शनिबार बिहान सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीएको यात्रा समाप्त भएको हो।
पाराग्वेका माटियास गालार्जाले खेलको दोस्रो मिनेटमै गरेको गोल निर्णायक बन्यो। पहिलो हाफको इन्जुरी समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर बाहिरिएपछि पाराग्वे १० खेलाडीमा सीमित भए पनि टर्कीएले अवसर सदुपयोग गर्न सकेन।
यो नतिजासँगै सहआयोजक अमेरिका लगातार दोस्रो जितसहित समूह ‘डी’ को विजेता बन्दै एक खेलअघि नै नकआउट चरणमा पुगेको छ। अमेरिका ६ अंकसहित शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया र पाराग्वेको समान ३–३ अंक छ।











प्रतिक्रिया