स्कटल्यान्डलाई हराउँदै मोरक्को समूह ‘सी’ को शीर्षमा


काठमाडौं ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा मोरक्कोको जितमा इस्माइल साइबारीले दोस्रो मिनेटमै निर्णायक गोल गरे। ब्राहिम डियाजको पासमा साइबारीले गरेको गोल नै खेलको एकमात्र गोल बन्यो।

जितसँगै मोरक्कोले दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थान कब्जा गरेको छ। स्कटल्यान्ड तीन अंकसहित दोस्रो स्थानमा रहेको छ। ब्राजिल एक अंकसहित तेस्रो तथा हाइटी अंकविहीन रहँदै चौथो स्थानमा छन्।