अमेरिका लगातार दोस्रो जितसहित नकआउट चरणमा


काठमाडौँ।

फिफा विश्वकप २०२६ मा अमेरिकाले अष्ट्रेलियालाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। सिएटल स्टेडियममा भएको खेलमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसको आत्मघाती गोल र एलेक्स फ्रीम्यानको गोलमा अमेरिका विजयी बन्यो।

यस जितसँगै समूह ‘डी’ को अमेरिकाले दुई खेलबाट ६ अंक जोड्दै कम्तीमा उत्कृष्ट तेस्रो स्थानका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अष्ट्रेलियाको भने दुई खेलबाट ३ अंक रहेको छ। अमेरिका अब समूहको शीर्ष दुईमा रहेर अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनेको छ।