रविमाथि लगाइएका सहकारी ठगीबाहेकका सबै मुद्दा फिर्ता


काठमाडौँ ।

काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगीबाहेकका सबै मुद्दा फिर्ता गर्न अनुमति दिएको छ।

अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन अनुमति दिएको हो। इजलास अधिकृत संझना पौडेलका अनुसार लामिछानेको मागअनुसार उक्त मुद्दा फिर्ता गर्ने आदेश भएको छ।

यसअघि अदालतले लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा पनि फिर्ता लिने निर्णय गरिसकेको थियो। पछिल्लो आदेशसँगै उनीविरुद्धका सहकारी ठगी बाहेकका सबै मुद्दा अदालतबाट फिर्ता भएको छ।