काठमाडौं ।
सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा कतारलाई ६–० ले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको छ।
भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गर्दा साइले लारिन र नाथन सालिबाले एक–एक गोल गरे। क्यानडाले एक गोल आत्मघाती उपहारस्वरूप पाएको थियो।
खेलमा दुई खेलाडी रातो कार्ड पाउँदै बाहिरिएपछि ९ खेलाडीमा सीमित भएको कतारमाथि क्यानडाले पूर्ण दबाब बनाएको थियो। यो जितसँगै क्यानडा दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।











प्रतिक्रिया