काठमाडौं ।
पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका छन्।
बिहीबार प्रेस वक्तव्य जारी गर्दै महराले पार्टीको सक्रिय जिम्मेवारीबाट बिदा लिएको जानकारी दिएका हुन्। उनले अब पार्टीको साधारण सदस्यका रूपमा मात्र रहने बताएका छन्।
महराका अनुसार यो निर्णय कुनै राजनीतिक असन्तुष्टि वा वैचारिक मतभेदका कारण नभई स्वास्थ्य अवस्थाका कारण बाध्य भएर गरिएको हो।
“गह्रौँ मनका साथ आजकै मितिदेखि सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउँछु,” उनले वक्तव्यमा उल्लेख गरेका छन्।
उनले पार्टी नेतृत्व वा कार्यशैलीप्रति कुनै असन्तुष्टि नरहेको स्पष्ट पार्दै स्वास्थ्य समस्याले सक्रिय भूमिकामा निरन्तरता दिन नसकेको बताएका छन्।
यससँगै लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहेका महरा अब पार्टीको सामान्य सदस्यका रूपमा रहने भएका छन्।











प्रतिक्रिया