केनको दुई गोलमा इंग्ल्यान्डद्वारा क्रोएसिया ४–२ ले पराजित


काठमाडौं ।

कप्तान ह्यारी केनको दुई गोलको मद्दतमा इंग्ल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित गरेको छ।

डालास स्टेडियममा भएको खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिए पनि दोस्रो हाफमा जुड बेलिङहम र मार्कुस रासफोर्डले एक–एक गोल थपेपछि इंग्ल्यान्डले सहज जित हात पारेको हो।

इंग्ल्यान्डका लागि केनले १२औं मिनेटमा पेनाल्टीमार्फत र ४२औं मिनेटमा गोल गरे। बेलिङहमले ४७औं मिनेटमा तथा वैकल्पिक खेलाडी रासफोर्डले ८५औं मिनेटमा गोल थपे।

क्रोएसियाका लागि मार्टिन बाटुरिनाले ३६औं मिनेटमा र पिटर मुसाले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। जितसँगै इंग्ल्यान्डले समूह एलमा ३ अंक जोडेको छ।