काठमाडौँ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को पहिलो खेलमा पोर्चुगल डिआर कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलका जोआओ नेभेसले छैटौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर पहिलो हाफको इन्जुरी समयमा योहान विसाले गोल गर्दै डिआर कंगोलाई खेलमा फर्काए। विश्वकपमा ५२ वर्षपछि पुनरागमन गरेको कंगोले यससँगै विश्वकप इतिहासमै पहिलो गोल र पहिलो अंक हासिल गरेको छ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगातार छैटौं विश्वकप खेल्दै कीर्तिमान बराबरी गरे पनि गोल गर्न भने सकेनन्।











प्रतिक्रिया