मधेशले ल्यायो ४१ अर्ब बढीको बजेट

658
Shares

वीरगन्ज।

मधेश प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८३-८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ । सोमबार अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालूतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार र पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ खर्च प्रस्ताव गर्नुभएको छ ।जुन कुल बजेटमा चालूतर्फ ३५.५४ प्रतिशत र पुँजीगततर्फ ६४.३५ प्रतिशत हुन आउँछ ।

बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वनलगायतका क्षेत्रलाई प्राथमिकता राखिएको छ ।बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक स्रोत तथा राजश्व तर्फबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बेहोर्ने भनिएको छ ।

यस्तै बजेटमा १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाउने अर्थमन्त्री भट्टराईले बताउनुभएको छ ।यसपाली मधेशले मेड इन मधेश, समृद्ध प्रदेश,उत्पादनशील मधेश, आत्मनिर्भर देश,मुख्यमन्त्री महिला स्वरोजगार,एक रुख विनाश, १० रुख विकास,हेल्लो सीएम एप,एक जिल्ला एक प्रविधि शिक्षालय,प्लास्टिक मुक्त मधेश,गर्भवती आमा, पोषण प्याक,डिजिटल र नतिजामुखी सुशासन,उत्पादन र रोजगारी वृद्धि लगायतका नारा तय गर्दै आगामी आर्थिक बर्षको बजेट ल्याएको हो ।