काठमाडौं ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को आफ्नो पहिलो खेलमा जर्मनीले विश्वकप डेब्युटेन्ट कुरासाओलाई ७–१ ले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको छ।
अमेरिकाको ह्युस्टनस्थित एनआरजी स्टेडियममा आइतबार राति सम्पन्न खेलमा जर्मनीले सुरुदेखि नै दबाब बनाउँदै कुरासाओको रक्षापंक्तिलाई तहसनहस पारेको थियो। जर्मनीका लागि फेलिक्स नेमेचाले छैटौं मिनेटमै गोल गर्दै प्रतियोगिताकै अहिलेसम्मको सबैभन्दा छिटो गोलको कीर्तिमान बनाए। त्यसपछि निको स्लोटरबेक, जमाल मुसियाला, नाथानियल ब्राउन, डेनिज उन्डाभ र काई हाभर्ट्जले दुई गोल गर्दै जर्मनीलाई सहज जित दिलाए।
खेलको २१औं मिनेटमा लिभानो कोमेनेन्सियाले गोल गर्दै केही समयका लागि खेल १–१ को बराबरीमा ल्याएका थिए। उक्त गोल कुरासाओको विश्वकप इतिहासकै पहिलो गोल बनेको थियो। तर त्यसपछि जर्मनीले लगातार गोल गर्दै खेल एकतर्फी बनायो।
आर्सनलका फरवार्ड काई हाभर्ट्जले दुई गोल गर्दै ‘प्लेयर अफ द म्याच’ अवार्ड जिते। उनले पेनाल्टीसहित दुई गोल गर्नुका साथै जर्मनीको आक्रमणलाई प्रभावकारी रूपमा नेतृत्व गरेका थिए।
यो जितसँगै जर्मनीले समूह ‘ई’ मा महत्वपूर्ण तीन अंक जोडेको छ र उपाधि दाबेदार टोलीका रूपमा बलियो सन्देश दिएको छ। उता पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ भने भारी हारका बाबजुद आफ्नो पहिलो विश्वकप गोलका कारण ऐतिहासिक उपलब्धिमा खुशी देखियो।
जर्मनीले अब आफ्नो दोस्रो खेलमा समूहकै बलियो टोली Ivory Coast सँग प्रतिस्पर्धा गर्नेछ भने कुरासाओले Ecuador विरुद्ध अंकको खोजी गर्नेछ।











प्रतिक्रिया