बिरामीको उपचार गर्ने अस्पताल श्रोत साधनको अभावमा आफैँ बिरामी

1.13k
Shares

उदयपुर ।

 विगतमा दुई आर्थिक वर्षसम्म कोशी प्रदेश कै उत्कृष्ट जिल्ला अस्पतालका रुपमा रहेको उदयपुर जिल्ला अस्पताल बिरामीको उपचार गर्नु पर्नेमा आफै बिरामी भएर आर्थिक उपचारको पर्खाइमा रहेको छ । 

मुख्य रुपमा आर्थिक समसयाले पिल्सिएको उदयपुर जिल्ला अस्पतालमा बिरामीलाई उपचार गर्ने स्वास्थ्य सामाग्री उपकरणहरु औषधी लगायतका र स्वास्थयकर्मीहरुले पाउने पर्ने नियमानुसारको सेवा सुविधा नपाउँदा र काम गर्ने वातावरण नहुँदा बिरामी भएको अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्य कर्मीहरुले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

उदयपुरको जिल्ला अस्पताल सभाहलमा शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा एक विज्ञप्ति मार्फत अस्पतालका डाक्टर श्रीकृष्णकुमार यादवले अस्पतालमा विभिन्न समस्याहरु देखिदै आएको, विशेष गरी स्टोर र लेखाको ढिलासुस्तीका आवश्यक समन्वयका अभाव, आवश्यक सामाग्रीहरु समयमै उपलब्ध हुन नसकेकोले यस तर्फ सम्बन्धित शाखाहरुमा पटक पटक ध्यानाकर्षण गराउँदा समेत समस्या समाधान हुन नसकेको बताउनु भयो ।

अस्पताल व्यवस्थापन समितिले गरेका निर्णयहरु लेखा प्रशासनले कार्यान्वयन गर्न नमान्ने, समिति चिन्दिन भन्ने गरेको बताउनु भयो । विभिन्न व्यवस्थापकीय समस्याले गर्दा सेवा पवाहमा बाधा भएको, एक्स रे शाखामा प्रिन्टर हुँदा हुँदै अनावश्यक खर्च बढाएर प्रिन्टर खरिद गरेकोमा पनि उहाँले आपत्ति जनाउनु भयो । 
डा. यादवले प्रयोगशालामा सामान्य रुपमा दिशा पिसाव परीक्षण सिबिसी जस्ता परीक्षण समेत नहुँदा सेवा प्रवाहमा असर परेको बताए । 

यस्तै फार्मैसी शाखामा कार्यरत स्थायी कर्मचारी र करारका कर्मचारी विभेदका कुरा उठाएर सेवा सुविधाका कुरामा स्थायी कर्मचारी निर्णय प्रक्रियामा हावीहुने गरेको र आर्थिक कारोबारमा फार्मेसीको आर्थिक कारोबारमा चुहावट भएको बताउनु भयो ।

अस्पतालका फार्मेसी शाखका कर्मचारी सनम राईले  फार्मेसी इन्चार्जले जहिले पनि आफ्नो नाम अगाडि राखेर पैसा लिने लिस्ट तयार पार्ने र अरुको नाम पछि राखेर पैसा दिएको देखिने गरी विवरण तयार पारेर राख्ने गरेको तर फार्मेसीमा काम गर्ने अरुलाई पैसा नदिएको बताए ।

उनले एक महिनाको ९ हजार ७ सय पाएको र अस्पतालका मेसु सँग यस बारेमा फाइल मगाएर फामैृसीका स्टाफ ८, ९ जना संगे बसेर कुरा गर्दा कुरा गर्दा फार्मेसी इन्चार्जले आफ्नो नाम अन्तिममा राखेर आफूले ९३ हजार लिएको र अरुलाई ९ हजार दिएको विवरण तयार पारेको देखिएको बताए ।

अस्पतालकी स्टाफ नर्स पवित्रा राईले अप्रेसन गर्दा आवश्यक पर्ने सामान प्राय जसो आफेले किनेर ल्याएर गर्ने गरेको जानकारी दिंदै ती चार महिना अघिदेखि अस्पतालमा सर्फ,फिनेल, कुचो छेन । यताउताबाट मागेर काम चलाउने गरेका छ ।पोछा कपडा लगायतका सामान नै नभएको बताउनु भयो ।
स्टाफ नर्स पवित्रा राईले सामान माग्दा काम बन्द गर्नुस भन्ने जवाफ पाउने गरेको जानकारी दिंदै हामीले यसतो कुरा गर्नु हुँदैन भन्दा छेन त के गर्नु बिरामीका अगाडि भन्न नहुने कुरा भन्ने गरेकोले ससाना कुरामा विवाद ल्याउने, काम गर्ने उचित वातावरण नै नपाएको गुनासो पोख्नु भयो । राईले म आफै बिरामी हुन्छु हाम्रा आफन्त वा कोही बिरामी हुन्छन् वा यहाँ भएका बिरामी सेवाग्राहीले सेवा नपाउँदा आफ्नो चित्त दुख्ने गरेको बताउनुभयो ।

अस्पताल निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुकेश कुमार झाले अस्पतालका मेसु यहाँबाट सरुवा भएर गएपछि आफूलाई जेष्ठ ४ गतेबाट स्वास्थ्य मन्त्रालयबाट निमित्तको जिम्मेवारी दिएको जानकारी दिंदै लेखा, स्टोर, प्रशासन, फार्मेसी, ल्याब, कर्मचारी साथीहरुको समस्या बुझेको सबै कुरा बसेर हेरेर विवरणहरु तयार पारेर जानकारी हुने भएकोले र बुझ्नकालागि १५ दिन १ महिनासम्म लाग्ने बताउनुभयो । डा. झाले सबै डाकटरहरुझैँ आफू पनि पीडित रहेको  आफू जिम्मेवारीबाट पछि नहटी काम गर्ने भएकोले काम गर्नै वातावरण राम्रो सफा हुनु पर्छ । म आफैले छ सात महिनादेखि सरकारले दिएको प्रोत्साहन भत्ता पनि नपाएको र बिदा पनि नपाएको, काम गरेको भत्ता नपाएको अवस्था छ । सेवा बनद गरेर हुँदैन साथीहरुले पाउनु पर्ने सेवा सुविधा आफूले पनि पाउनु पर्ने हो तर नपाएको, साथीहरुले राखेको माग प्रति आफू पनि सकारात्मक नै रहेको बताउनुभयो ।