काठमाडौं ।
विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा सेवा सुरु गरेको एक वर्ष पूरा गरेको छ। कम्पनीले यस अवधिमा सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौँ चालक तथा प्रयोगकर्ताका लागि आम्दानीका अवसर सिर्जना गरेको जनाएको छ।
मे २०२५ मा नेपालमा सेवा सुरु भएयता याङ्गो राइडमार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ। हाल प्रत्येक महिना १० लाखभन्दा बढी प्रयोगकर्ताले सेवा लिइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मोटो सेवा (मोटरसाइकल राइड) मा समेत उल्लेखनीय वृद्धि देखिएको छ। पछिल्लो ६ महिनामा मोटो यात्राको संख्या २४७ प्रतिशतले वृद्धि भएको छ भने प्लेटफर्मले औसत ३० प्रतिशत मासिक वृद्धि कायम राखेको छ।
याङ्गो राइडले काठमाडौं र चितवनमा चालक साझेदारका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। ती कार्यक्रममार्फत उत्कृष्ट चालकलाई सम्मान, तालिम तथा प्रोत्साहनका अवसरहरू प्रदान गरिएको कम्पनीले जनाएको छ।
यस अवसरमा याङ्गो राइड नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डे ले कम्पनीको उपलब्धि प्रयोगकर्ता, चालक साझेदार र स्थानीय साझेदारहरूको विश्वास र सहयोगको परिणाम भएको बताएका छन्।
नेपालमा सकारात्मक प्रतिक्रिया पाएपछि याङ्गो राइडले कार्गो तथा डेलिभरी सेवा समेत विस्तार गरेको छ, जसले काठमाडौंमा डेलिभरी सेवा थप सहज बनाएको कम्पनीको भनाइ छ।
दोस्रो वर्षमा प्रवेशसँगै कम्पनीले सेवा गुणस्तर सुधार, साझेदारका लागि थप अवसर सिर्जना तथा नेपालको डिजिटल मोबिलिटी क्षेत्रको विकासमा योगदान जारी राख्ने लक्ष्य लिएको छ।











प्रतिक्रिया