काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको छ।
आज चितवन, रसुवा र ललितपुरमा जिल्ला अधिवेशन हुँदै छन्। यता सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको पार्टीले जनाएको छ।
यससँगै बागमती प्रदेशमा रास्वपाको संगठन विस्तार तथा नेतृत्व चयन प्रक्रिया जारी रहेको छ।
९ जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूको सूची यस प्रकारका छन् ।
काठमाडौँ: राजा शाक्य,भक्तपुर: रामेश्वर बस्नेत,काभ्रेपलान्चोक प्रबिन ढकाल,सिन्धुली: अविनाश बस्नेत,रामेछाप: रमेश रायमाझी,दोलखा: दिनेश बस्नेत,नुवाकोट: रामेश्वर गजुरेल,धादिङ: राजन अर्याल,मकवानपुर: सन्जिव पाठक











प्रतिक्रिया