महेश बस्नेतको टिप्पणी: बालेनको स्टाटसले पदको गरिमामाथि प्रश्न उठायो


काठमाडौं ।

नेकपा एमालेका नेता महेश बस्नेतले बालेन्द्र शाहले सामाजिक सञ्जालमा मध्यरातमा लेखेको “मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर दिनुस् न” भन्ने स्टाटसबारे टिप्पणी गर्दै यसले सार्वजनिक पदको गरिमा र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको बताएका छन्।

बस्नेतले उच्च सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्ता व्यंग्यात्मक अभिव्यक्ति आउनु उपयुक्त नदेखिएको उल्लेख गर्दै राज्य सञ्चालनसँग सम्बन्धित पदमा रहने व्यक्तिबाट संयम, जिम्मेवारी र संस्थागत मर्यादाको अपेक्षा हुने बताए। उनका अनुसार यस्तो शैलीले परिपक्व नेतृत्वभन्दा व्यक्तिगत असन्तुष्टि र आक्रोश बढी झल्काउने देखिन्छ।

उनले पछिल्लो समय देखिएको अभिव्यक्ति र व्यवहारले नेतृत्वको परिपक्वतामाथि बहस सिर्जना गरेको पनि टिप्पणी गरेका छन्। बस्नेतको भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो।