काठमाडौं ।
अछामको कमलबजार नगरपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। कमलबजार–७ क्वालेखस्थित सडक खण्डमा मंगलसेनबाट क्वालेखतर्फ जाँदै गरेको से १ ज ६१३ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा स्थानीय ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्। दुर्घटनामा मिन बहादुर भाट र बद्री भाट घाइते भएका छन्। उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले जिप र चालक पुष्प बुढालाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।











प्रतिक्रिया