रसुवा ।
आन्तरिक तथा बाह्य पर्यटककाे वृद्वि गराउने उदेश्य ले नेपाल कै तेस्राे पर्टकिय स्थल लाङटाङ क्याङजिङ देखि स्याफ्रुवेसि सम्म लाङटाङ ट्रेल रन प्रतियाेगिता मा पुरूष तर्फ मिलन कुलुङ र महिला तर्फ अन्जलि गुरूङ ले हात पारेका छन ।


यस्तै दाेसाे हुनेमा महिला तर्फ सुरक्षा तामाङ,तृतीय हुनेमा विदेशि ANNA- LENA Furtner चाैथाे मा गिता महर्जन पाँचौ मा साेनु पाैडेल रहेका थिए भने पुरूषमा दाेस्राे हुनेमा वीर वहादुर वुढा,तृतिय मा विशाल राई चाैथाे मा गाेपाल तामाङ,पाँचौ चन्द्र राउत रहेका छन
दुवै तर्फका विजेता ले १ लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका छन ।दाेस्रेा देखि पाँचौ सम्म लाई क्रमस ७५ हजार,५० हजार,२५ हजार,१५ हज रूपैयाँ सहित मेडल प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगिता बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयकाे आर्थिक सहयाेग मा तथा प्रदेश खेलकुद विकास परिषद नेपाल पर्यटन बाेर्ड तगा स्थानीय तहहरूकाे सहकार्य आयाेजना भएकाे हाे ।प्रतियाेगिता मा सहभागी हुन ईच्छुक खेलाडिहरूले अनलाइन मार्फत दर्ता गरेका थिए । भने नगद सहित ट्रफि मेडल प्रमाण पत्र समेत प्रदान गरिएकाे थियाे ।
रसुवा नुवाकोट पर्यटन समाज काे आयाेजनामा र समाजका अध्यक्ष बलराम न्याैपाने काे अध्यक्षतामा भएकाे लाङटाङ ट्रेल रन प्रतियोगिता दाेस्राे संस्करण जेठ २३ गते बागमती प्रदेश का मुख्य मन्त्री ईन्द्र वहादुर वानिया ले लाङटाङ वाट उद्वधाटन गर्नुभएकाे थियाे भने समापन वागमति प्रदेश ख का माननीय सांसद ईन्द्र गाेतामेले गर्नु भएकाे हाे ।
समापनमा जिल्ला समन्वय समितिका प्रमुख असाेक घिमिरे,प्रदेश सभा सदस्य माननीय ईन्द्र गाैतम,गाेसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ,रसुवा नुवाकोट पर्यटन समाज का विज्ञ सल्लाहकार दिपक महत,प्रदेश सभा सदस्य माननीय रमेश कुमार महत,वडा नम्बर ५ का अध्यक्ष दावा मिङमार तामाङ,सुरक्षा निकाय,स्थानिय आमा समूह खेलकुद विकास समितिका अध्यक्ष विराज तामाङ,रसुवा पर्यटन समाजका सदस्य प्रेम तिमसिल्सिना,सचिव ऋतु ग्यामदान,उर्जा तामाङ,कृष्ण अधिकारी,अशाेक शिलवाल लगाएतका विशिष्ट व्यक्ति हरूकाे उपस्थिति रहेकाे थियाे ।
पर्यटन समाज का अध्यक्ष बलराम न्याैपाने ले वताए अनुसार रेलमा १ सय ६ जना सहभागी भएका थिए ,उहाकाे अनुसार लाङटाङ मा केही बर्ष अगाडि ट्रेकिङ एजेन्सीज एसाेसियसन अफ नेपाल ( टान) ले लाङटाङ म्याराथन गरेकाे थियाे ।समाजकाे आयाेजनामा पहिलाे लाङटाङ ट्रेल रन गत वर्ष जेठ २४ गते भएकाे थियाे र त्यतिवेला बागमती प्रदेश का पर्यटन मन्त्रि विमल ढकुरि र पर्यटन सचिव दिपेन्द्र सुवेदी ले सुभारम्भ गर्नुभएकाे थियाे ।हिमालि भुभाग केवल पदयात्रा का लागि मात्र नभइ साहसिक खेलकुद पर्यटनकाे नयाँ गन्तव्य का रूपमा समेत स्थापित गराउने उदेश्यका साथ आवश्यक तयारि गरिएकाे छ ।
समाज काे आयाेजनामा यस वर्ष सन्चालन हुने प्रतियाेगिता काे मिति सार्वजनिक गर्दै याे कार्यक्रम लाई बागमती प्रदेश सांस्कृति तथा पर्यटन मन्त्रालय ,वागमती प्रदेश खेलकुद विक परिषद तथा नेपाल पर्यटन वाेर्ड काे आर्थिक सहयाेग रहि गाेसाईकुण्ड गाउँपालिका रसुवाले स्थानिय स्तरमा सहयाेग गर्ने वताईएकाे छ । नेपालमा ट्रेल रन काे सुरूवात केही दशक अघि सिमित स्तरवाट भएतापनि अहिले अन्तरास्ट्रिय खेलाडि आकर्षित गर्ने तह सम्म विस्तार भईसकेकाे छ ।
हिमाल,हिमनदि,हरियालि,जङ्गल,उकालि अेारालि र तामाङ संस्कृति लाई जिवन्त राख्न लाङटाङ क्षेत्रमा हुने प्रतियाेगिता ले खेलकुद र पर्यटनलाइ एक साथ जाेडने अपेक्षा गरिएकाे छ ।प्रतियोगिता लाई सफल पार्न बागमती प्रदेश खेलकुद तथा संस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुवेदि,जिल्ला प्रशासन कार्यालय रसुवा,नेपाली सेना श्री श्रीनाथ गण,जिल्ला प्रहरी कार्यालय रसुवा, खेलकुद विकास समिति र निर्माणाधीन जलविद्युत आयाेजना,रसुवा अस्पताल अनुसन्धान,समन्वय समिति र स्थानीय संघ संस्था काे सहयाेग रहेकाे थियाे ।
लाङटाङ क्षेत्रमा २०७२ काे विनाशकारि भुकम्प बाट सवैभन्दा बढि प्रभावित क्षेत्र मध्ये एक हाे ।भुकम्प पछि विस्थापझ स्थानीय काे पुनस्थापना र पर्यटन पुनजिवनका लागि समाजले महत्त्वपूर्ण भुमिका खेलेकाे अध्यक्ष न्याैपाने बताउनुहुन्छ ।प्रतियोगिता मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि करिव एक सय खेलाडी काे सहभागीता हुनेछ ।यसमा १८ देखि ४५ वर्ष सम्मका नागरिक सहभागी भएका थिए । महिला र पुरूष दुई समुहमा प्रतिस्पर्धा गराईएकाे उक्त दाैड प्रत्येक समुहका प्रथम देखि पाँचौ सम्मलाई पुरस्कार प्रदान गरिएकाे थियाे ।
यस कार्यक्रम लाई नुवाकोटको सुर्यगढि,शिवपुरि,म्यागङ,लिखु,तादि,दुप्चेश्वर,किस्पाङ,तार्केश्वर,ककनि,पन्चकन्या गाउँपालिका,विदुर नगरपालिका र बेलकाेटगढि नगरपालिका काे समेत सहयाेग रहने छ ।जेठ ११ गते भित्र आवेदन दिएका थिए ।खेलमा भाग लिनका लागि गाेसाईकुण्ड गाउँपालिका बासिले निशुल्क र अन्य पालिका वासिलाई प्रतिव्यक्ति १ हजार रसुवा वाहिरका खेलाडिका लागि ५ हजार सार्क राष्ट्र का नागरिकका लागि सात हजार पाँच सय र अरू विदेशि खेलाडी का लागि एक सय ९ अमेरिकन डलर प्रवेश शुल्क ताेकिएकाे थियाे ।
साे समाजका सचिव दिनेश तामाङ वताउनु हुन्छ पदयात्रा मात्र नभई खेलकुद मार्फत पनि लाङटाङ क्षेत्र मा देखिने हिमनदि,भन्व्याङ,चाैतारि,स्थानिय भेषभुषा र जैविक विविधता प्रचारप्रसार गर्दै विदेशी पर्यटकलाई भित्र्याउने र स्थानिय स्तरमै राेजगारि सिर्जना गर्ने हाम्रो उदेश्य रहेकाे छ ।











प्रतिक्रिया