कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौँ ।

नेपालमा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभावका कारण आज कोशी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली–पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यता मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ। राति पनि कोशी प्रदेशसहित केही हिमाली–पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।