डि सिने अवार्डमा अञ्जिला उत्कृष्ट निर्देशकमा मिलन, अभिनयमा विजय र स्वस्तिमा विजेता


२०८१ सालका फिल्ममा मिलन चाम्सद्वारा निर्देशित अञ्जिला उत्कृष्ट फिल्म घोषित भएको छ भने उनी उत्कृष्ट निर्देशक विधाको अवार्ड विजेता भएका छन्।

छायाछवी क्रियशनको आयोजनामा हालै चावहिलस्थित चलचित्र विकास बोर्डमा सम्पन्न १७ औं डी सिने अवार्डमा पूर्ण बहादुरको सारङ्गीबाट विजय बराल अभिनेता र बेहुली फ्रम मेघौलीबाट स्वस्तिमा खड्का अभिनेत्रीको अवार्ड विजेता भए।

कार्साङबाट जीतु नेपाल सह अभिनेता, तेल भिसाबाट ऋचा घिमिरे सह अभिनेत्री, एक्टर टेक वानबाट राजबल्लभ कोइराला चरित्र अभिनेता, ह्रस्व दीर्घबाट चन्द्र पन्त नव निर्देशक, सतिदेवीबाट लक्ष्मण सुवेदी लेखन, पिताम्बरबाट पुरुषोत्तम प्रधान छाया“कार र बन्देप्रसाद सम्पादकको अवार्ड विजेता बने।

त्यस्तै खुश्माको रुकुम मैकोटबाट सुरेन्द्र राना गीतकार, ज्वाइ“ साबको कसम बत्तीकोबाट अर्जुन पोखरेल संगीतकार, छक्का पञ्जा ५ को बिहे भाको छैनबाट सविन सुवेदी गायक र बेनीशा पौडेल गायिका, दुःखी आत्माको जुनीजुनी भरिलाईबाट रामजी लामिछाने नृत्य निर्देशक र एक्टर टेक वानबाट अष्ट महर्जन द्वन्द्व निर्देशक विधाको विजेता भए।

सांस्कृति कार्यक्रमका साथ सम्पन्न अवार्ड कार्यक्रममा पिताम्बरबाट कृषा चौलागाईंलाई जुरी अवार्ड र डायोस्पोरा फिल्म अवार्ड प्रदान गरिएको थियो।

समारोहमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई चलचित्रकर्मी रजत सम्मानबाट सम्मानित गरिएको थियो। त्यस्तै रंग पत्रकार सचित खड्कालाई रेखा फिल्म्स् छाया“छवी चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो। कार्यक्रममा हा“स्य कलाकार गोपाल ढकाल (छन्दे), अभिनेत्री तेजुला खतिवडा, कलाकार गीता नेपाल र गायिका मिना नेपालीलाई सम्मानित गरिएको छ।

त्यसै गरी अवार्डको सेलेक्सन कमिटीका पत्रकार नुमाकान्त पौडैल, निर्देशक अमर वली एवं संयोजक निर्देशक कमल एक्चै मगरलाई पनि सम्मानित गरिएको थियो।

समारोहमा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अवार्डको औचित्य एवं यसले पार्ने प्रभावको बारेमा चर्चा गरे। त्यसै गरी अवार्डका अध्यक्ष शान्तिप्रियले १७औं संस्करणसम्म आइपुग्दा डी सिने अवार्डको आरोह अवरोहको बारेमा प्रकाश पारे।

अवार्ड २०८१ मा रिलिज भएका फिल्मका लागि आयोजना गरिएको थियो।