लण्डन, (नेस) ।
प्रतिभा नक्षत्रले आफ्नो सातौँ संस्करणको कार्यक्रम तयारीलाई तीव्रता दिएको छ । संस्थाले नेपालीहरूको घना बस्ती रहेको दक्षिण पूर्वी लन्डनको प्लमस्टेड कमन रग वी ग्राउण्ड, प्लमस्टेडमा १६ अगस्ट २०२६ मा यो कार्यक्रम गर्ने भएको हो ।
प्रवासमा बसिरहेका नेपाली समुदाय तथा अन्य समुदायका बीच गर्न लागिएको यो कार्यक्रमको मुख्य उद्देश्य परम्परागत नेपाली भोजन, कला, संस्कृति, साहित्य, हस्तकलाका सामग्री, नेपाली मौलिक उत्पादनको प्रचार र प्रवद्र्धन गर्नु नै हो । बाल नक्षत्र ६ देखि ११ र युवा नक्षत्रका (१२–१९) वर्ष प्रतियोगीहरूले यो कार्यक्रममा भाग लिनेछन् ।
कार्यक्रमलाई परिचय चरण, प्रतिभा प्रदर्शन र प्रश्नोत्तर चरण गरी तीन चरणमा सम्पादन गरिएको छ । प्रतियोगितामा विश्वभरका प्रतियोगीहरूले भाग लिन सक्नेछन् । उत्कृष्ट प्रतिस्पर्धी प्रतियोगीहरुलाई आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ । नेपाली दूतावास लन्डन, गैरआवासी नेपाली संघ यूके, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेलगायतका विभिन्न प्रतिष्ठित सामाजिक संघसंस्थाहरूको यो कार्यक्रममा प्रत्यक्ष सहयोग र संलग्नता रहने जनाइएको छ ।











प्रतिक्रिया